०८ मंसिर २०८३
काठमाडौं- विदेशका लागि जासुसी गरी राज्यका गोप्य सूचना चुहाएको र त्यसबापत रकम लिएको आरोपमा चीनका एक सरकारी अधिकारीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
गोल्ड वाल प्रेसद्वारा सञ्चालित अनलाइन खातामा प्रकाशित विवरणअनुसार ‘मा’ उपनामका ती अधिकारी विदेशमा कार्यरत रहँदा ‘काइलिन’ नामका विदेशी गुप्तचरको सम्पर्कमा पुगेका थिए । सुरुमा चिनियाँ भाषा सिक्ने बहानामा भेटेका काइलिनले पछि संवेदनशील राजनीतिक विषय र विदेशमा रहेका चिनियाँ संस्थाका गतिविधिबारे सूचना माग्न थालेका थिए ।
काइलिनले अर्का व्यक्तिमार्फत सहयोग नगरे सूचना चुहाएको विषय सार्वजनिक गरिदिने धम्की दिएपछि मा जासुसी गर्न सहमत भएको प्रतिवेदनमा उल्लेख छ । उहाँले गोपनीयता र वफादारीसम्बन्धी सर्तसहितको सम्झौतामा हस्ताक्षर गरी मासिक रकम र सूचना आदानप्रदानका लागि ल्यापटप प्राप्त गर्नुभएको थियो ।
विदेशको कार्यकाल सकेर चीन फर्किएपछि पनि उहाँले गोप्य कागजातबाट सूचना सङ्कलन गरी जासुसी वेबसाइटमार्फत पठाउने गरेको विवरणमा जनाइएको छ । यस क्रममा उहाँले सयभन्दा बढी सूचना चुहाएको र ३५ वटा सूचना उपलब्ध गराएबापत १० लाख युआनभन्दा बढी रकम लिएको अदालतले ठहर गरेको बताइएको छ ।
तर, मृत्युदण्डको सजाय कहिले र कुन अदालतले सुनाएको हो तथा कार्यान्वयन भइसकेको छ वा छैन भन्ने विवरण सार्वजनिक गरिएको छैन । चिनियाँ अदालतले राष्ट्रिय सुरक्षासम्बन्धी मुद्दाका विवरण विरलै सार्वजनिक गर्ने गरेका छन् । प्रतिवेदनले जासुसीमा भावनात्मक प्रभाव र ब्ल्याकमेलजस्ता उपाय बढ्दो रूपमा प्रयोग हुन थालेकाले सचेत रहन आग्रह गरेको छ ।
ईनम पत्नी कवितालाई प्रहरीले गरायो कागज
जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड
सहकारी क्षेत्रका समस्या र समाधानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, लुम्बिनी घोषणापत्र जारी गरिने
दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पुलिसले लुम्बिनीलाई १५८ रनले हरायो
पुलछेउ सेल्फी खिच्ने क्रममा नेपालगञ्जका दुई युवा भेरी नदीमा बेपत्ता
बालेनलाई गगनको चेतावनी- पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू
हवाई रुटदेखि २ खर्ब ४० अर्बसम्मको सहयोग बोकेर फर्किए प्रधानमन्त्री बालेन
छोरा खोजिदिन आग्रह गर्दा गाली गलौज गर्ने प्रहरी हबल्दारको जागिर चैट !
अब काठमाडौँबाट रक्सोल र केरुङ रेलमा सरर ! प्रधानमन्त्रीको भ्रमणसँगै खुल्यो रेल मार्गको ढोका
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
प्रतिक्रिया