०८ मंसिर २०८३
काठमाडौँ - ईनम सापकोटाकी पत्नी कविता पाण्डेलाई प्रहरीले घटना विवरण कागज गराएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका सापकोटा हाल जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।
प्रहरीले सापकोटाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० निवारण ऐनअन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । सोही अनुसन्धानका क्रममा पत्नी पाण्डेलाई अघिल्लो हप्ता नै कार्यालयमा झिकाएर घटना विवरण कागज गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।
सापकोटाको मोबाइल परीक्षण गर्दा उनले एक व्यक्तिलाई पत्नी कविताको बैंक खातामा रकम जम्मा गरिदिन आग्रह गर्दै म्यासेज पठाएको भेटिएको थियो । सानिमा बैंकमा रहेको कविताको खाता नम्बर पठाउँदै ७ हजार ५०० अमेरिकी डलर जम्मा गरिदिन म्यासेज गरेको पाइएपछि अनुसन्धान अधिकृतहरूले पाण्डेसँग सोधपुछ गरेका हुन् । उक्त कारोबार तथा सापकोटासँग जोडिएका अन्य विषयमा जानकारी लिएर उनलाई कागज गराइएको प्रहरीले जनाएको छ ।
यसैबिच, सापकोटाको सम्पर्कमा रहेका उच्च पदस्थ तथा प्रभावशाली व्यक्तिहरू पक्राउ पर्ने क्रम जारी छ । हाल सापकोटासँग सम्पर्क देखिएका कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील भट्टलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।
ईनम पत्नी कवितालाई प्रहरीले गरायो कागज
जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड
सहकारी क्षेत्रका समस्या र समाधानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, लुम्बिनी घोषणापत्र जारी गरिने
दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पुलिसले लुम्बिनीलाई १५८ रनले हरायो
पुलछेउ सेल्फी खिच्ने क्रममा नेपालगञ्जका दुई युवा भेरी नदीमा बेपत्ता
बालेनलाई गगनको चेतावनी- पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू
हवाई रुटदेखि २ खर्ब ४० अर्बसम्मको सहयोग बोकेर फर्किए प्रधानमन्त्री बालेन
छोरा खोजिदिन आग्रह गर्दा गाली गलौज गर्ने प्रहरी हबल्दारको जागिर चैट !
अब काठमाडौँबाट रक्सोल र केरुङ रेलमा सरर ! प्रधानमन्त्रीको भ्रमणसँगै खुल्यो रेल मार्गको ढोका
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
प्रतिक्रिया