०८ मंसिर २०८३
काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूलाई पक्राउ गर्न आउँदा हतकडी लिएर आउन सरकारलाई चुनौती दिएका छन्। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले आफूलाई यस्तो चुनौती दिए।
विपक्षीलाई तर्साएर आफ्ना बचाउनेविरुद्ध हिजो पनि प्रश्न उठाएको भन्दै वर्तमान सरकारलाई पनि प्रश्न गर्ने बताए। प्रधानमन्त्री वानेन्द्र शाहको सचिवालयले आफूलाई पक्राउ गर्न प्रहरीबाट निगरानी बढाएको संकेत गर्दै थापाले खाली हात नआउन भने।
‘मलाई समाउने भन्छन्। पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनु। खाली हात चाही जान्नँ। यत्ति कुरा हो। न कांग्रेसले आफ्नो चरित्र लुज गर्छ न कांग्रेसको नेतृत्वले चरित्र लुज र्छ। हामीले ठीक प्रश्न गर्न छाडौं भने, हामीलाई सकैले तर्साएर तर्सन थाल्यौं भने कांग्रेस होइन। हिजो बलले तर्साउन खोजिन्थ्यो आज सामाजिक सञ्जालले तर्साउन खोजिन्छ। प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन,’ उनले भने ।
कांग्रेसको सभापति भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पाँच पटक भेटेको बताए। ‘मैले कांग्रेसको सभापति भइसकेपछि केपी ओलीलाई पाँच चोटि भेटेको छु। अस्ति मैले पाँचौँ पटक भेटेँ,’ उनले भने, ‘म कांग्रेस सभापति हुँ, एमालेको अध्यक्षसँग मेरो भेटघाट हुन्छ, माओवादी अध्यक्षसँग भेटघाट हुन्छ, रास्वपाको सभापतिसँग भेटघाट हुन्छ। प्रधानमन्त्रीले कोहीसँग भेटघाट नगर्ने भएको हुनाले उहाँसँग हुँदैन, बाँकी सबैसँग हुन्छ।’
ईनम पत्नी कवितालाई प्रहरीले गरायो कागज
जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड
सहकारी क्षेत्रका समस्या र समाधानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, लुम्बिनी घोषणापत्र जारी गरिने
दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पुलिसले लुम्बिनीलाई १५८ रनले हरायो
पुलछेउ सेल्फी खिच्ने क्रममा नेपालगञ्जका दुई युवा भेरी नदीमा बेपत्ता
बालेनलाई गगनको चेतावनी- पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू
हवाई रुटदेखि २ खर्ब ४० अर्बसम्मको सहयोग बोकेर फर्किए प्रधानमन्त्री बालेन
छोरा खोजिदिन आग्रह गर्दा गाली गलौज गर्ने प्रहरी हबल्दारको जागिर चैट !
अब काठमाडौँबाट रक्सोल र केरुङ रेलमा सरर ! प्रधानमन्त्रीको भ्रमणसँगै खुल्यो रेल मार्गको ढोका
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
प्रतिक्रिया