०८ मंसिर २०८३
काठमाडौं- गृहमन्त्री सुदन गुरुङको चासोपछि, प्रहरी संगठन भित्रै हंगामा मच्चीएपछि हराएको छोरा खोजिदिन आग्रह गर्दै प्रहरी कार्यालयमा फोन गर्दा उल्टै गालीगलौज गर्ने जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत हवल्दार निलम्बनमा परेका छन् । आफूलाई प्रहरी सइ बताउँदै डुमरिया सुरक्षा बेसमा कार्यरत हवल्दार सुरेशप्रसाद यादवमाथि अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि गृहमन्त्री सुदन गुरुङले चासो राखेका थिए । त्यसपछि तातिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले गालीगलौज गर्ने महतोलाई निलम्बन गर्दै विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ ।
रौतहटको डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादवका १७ वर्षीय छोरा चन्दनकुमार यादव एसईई उत्तीर्ण गरेपछि अध्ययनका लागि काठमाडौँमा बस्दै आएका थिए। छठ पर्व मनाउन घर आएका बेला चन्दन दुई दिनअघि सदरमुकाम गौरस्थित घरबाट एकाएक हराए। छोरा हराएको पीडाले आत्तिएका बाबु सुरेशप्रसाद यादवले तत्काल खोजीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको कन्ट्रोल रुममा फोन गरेका थिए। कन्ट्रोल रुमबाट सञ्चार शाखामा जानकारी टिपाउन भनिएपछि उनले पुनः सञ्चार शाखामा फोन डायल गरे। तर, सहयोग र संवेदनशीलताको साटो फोन उठाउने व्यक्तिले आफूलाई सञ्चार शाखाको ‘सइ’ बताउँदै ‘जय नेपाल’ नभनेको निहुँमा अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरे।
जुन अडियोले सामाजिक सञ्जालदेखि गृह मन्त्रालयसम्ममा तरंग पैदा गरेको थियो। सार्वजनिक अडियोमा आफूलाई सञ्चार शाखाको ‘सइ’ बताउँदै हप्काउने र गालीगलौज गर्ने व्यक्ति अरू कोही नभएर जिल्ला प्रहरी कार्यालय गौरको सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतो भएको खुलेको थियो ।
घटना सार्वजनिक हुनासाथ गृहमन्त्री सुदन गुरुङले प्रहरी नेतृत्वलाई तत्काल छानबिन र कारबाहीका लागि कडा निर्देशन दिएका थिए । गृहमन्त्रीको चासोपछि तातिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले गालीगलौज गर्ने हवल्दार महतोलाई निलम्बन गरेको री विस्तृत छानबिन तथा विभागीय कारबाही प्रक्रिया अघि बढाएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।
यो घटनामा अडियो बाहिरिएकाले र गृहमन्त्री स्वयंले चासो देखाएकाले दोषी हवल्दार निलम्बनमा परे। तर, अडियो रेकर्ड गर्न नसक्ने हजारौँ आम नागरिकले दैनिक रूपमा भोग्ने यस्तै रुखो र अपमानजनक व्यवहार रोक्न प्रहरी नेतृत्वले कस्तो प्रणाली बनाउँछ— त्यो अझै गम्भीर प्रश्न बनेको छ।
ईनम पत्नी कवितालाई प्रहरीले गरायो कागज
जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड
सहकारी क्षेत्रका समस्या र समाधानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, लुम्बिनी घोषणापत्र जारी गरिने
दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पुलिसले लुम्बिनीलाई १५८ रनले हरायो
पुलछेउ सेल्फी खिच्ने क्रममा नेपालगञ्जका दुई युवा भेरी नदीमा बेपत्ता
बालेनलाई गगनको चेतावनी- पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू
हवाई रुटदेखि २ खर्ब ४० अर्बसम्मको सहयोग बोकेर फर्किए प्रधानमन्त्री बालेन
छोरा खोजिदिन आग्रह गर्दा गाली गलौज गर्ने प्रहरी हबल्दारको जागिर चैट !
अब काठमाडौँबाट रक्सोल र केरुङ रेलमा सरर ! प्रधानमन्त्रीको भ्रमणसँगै खुल्यो रेल मार्गको ढोका
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
प्रतिक्रिया