०८ मंसिर २०८३
काठमाडौं- भारतको रक्सोलबाट रेलमा सरर काठमाडौंसम्म, काठमाडौंबाट रेलमै सरर चिनको केरुङसम्म । सम्झिदा पनि आनन्द आउने गरी वर्षौदेखि सपना मात्रै देखाइएको, आश्वासन मात्रै बाडिएको यी परियोजनाहरु अब भने साकार हुने भएका छन् ।
दक्षिणतर्फ रक्सौल–काठमाडौँ रेलमार्गको फिल्ड लोकेसन सर्भेले पूर्णता पाएइको छ भने उत्तरतर्फ केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सकिएको छ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणसँगै रणनीतिक महत्वको रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्ग निर्माणको काम निर्णायक चरणमा प्रवेश गरेको छ। भ्रमणका क्रममा नेपाल र भारत दुवै देशले प्रस्तावित रक्सौल–काठमाडौँ विद्युतीय ब्रोडगेज रेलमार्गको स्थलगत सर्वेक्षणले पूर्णता पाएको औपचारिक घोषणा गरेका छन्।भारतले २०८० सालमै तयार पारेको र २०८२ चैतमा भारतीय रेल्वेमन्त्रीले राज्य सभामा जानकारी गराएको यो सर्वेक्षण प्रतिवेदनले प्रधानमन्त्री बालेनको भ्रमणसँगै आधिकारिक रुपमा पूर्णता पाएको छ । यससँगै अब विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र निर्माण प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।
वि.सं. २०७४ चैत २४ मा नेपाल र भारत सरकारबीच रेल सम्पर्क विस्तार गर्ने सहमति भएपछि रक्सौललाई काठमाडौँसँग जोड्ने तय भएको थियो। सोहीअनुरूप २०७८ असोज २२ गते फाइनल लोकेसन सर्भेका लागि दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। भारतको आर्थिक तथा प्राविधिक सहयोगमा २०८० सालमै सर्वेक्षण तयार गरी नेपालसँग राय मागिएको थियो।
गत २०८२ चैत ६ गते भारतका रेल्वेमन्त्री अश्विनी वैष्णवले भारतीय राज्य सभामा १३६ किलोमिटर लामो रक्सौल–काठमाडौँ रेलमार्गको फाइनल लोकेसन सर्भे तयार भएको बताएका थिए। तर, नेपाललाई आधिकारिक जानकारी नआउँदा अड्किएको प्रक्रिया प्रधानमन्त्री बालेनको भ्रमणमा औपचारिक घोषणा भएसँगै अब डीपीआरको चरणमा प्रवेश गरेको छ ।
सर्भेअनुसार कुल लम्बाइमध्ये ४१ किलोमिटर खण्ड सुरुङमार्ग हुनेछ भने बाँकी खण्ड जमिनमाथिकै सतहमा रहनेछ। पहाडी र नदीजन्य भूगोल पार गर्न रेलमार्गमा १२२ वटा साना र १०१ वटा ठूला पुल निर्माण गर्नुपर्नेछ। तीमध्ये १८ वटा जटिल प्रकृतिका अग्ला र लामा पुल रहनेछन्, जसमाथि रेल्वे ट्र्याक बिछ्याइनेछ।
फिल्ड लोकेसन सर्भेले पूर्णता पाए पनि डीपीआर तयार भइनसकेकाले रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणको यकिन लागत र लगानी मोडालिटी तय हुन बाँकी छ। यद्यपि, वि.सं. २०७४ को सहमतिअनुसार वित्तीय व्यवस्थापन भारतले गर्ने उल्लेख भएकाले नेपालले यो रेलमार्ग अनुदानमै निर्माण गरिदिन भारत सरकारसमक्ष आग्रह गर्ने तयारी गरेको छ।
अर्कोतर्फ, काठमाडौँलाई उत्तरी छिमेकी चीनसँग जोड्ने केरुङ–काठमाडौँ रेलमार्गको पनि सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको छ। चीन सरकारको सहयोगमा अध्ययन भएको ७८ किलोमिटर लामो उक्त रेलमार्गमा ९६ प्रतिशत भाग सुरुङ र पुल संरचना रहनेछ। साढे सात वर्षमा निर्माण सकिने अनुमान गरिएको केरुङ–काठमाडौँ रेलमार्गको लागत ४ खर्ब ६१ अर्ब रुपैयाँ प्रक्षेपण गरिएको छ।
दक्षिणतर्फ रक्सौल–काठमाडौँ रेलमार्गको फिल्ड लोकेसन सर्भेले पूर्णता पाउनु र उत्तरतर्फ केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सकिनुले काठमाडौँलाई दुई विशाल छिमेकी मुलुकको रेल सञ्जालसँग जोड्ने राष्ट्रिय सपनालाई बलियो आधार दिएको छ।
ईनम पत्नी कवितालाई प्रहरीले गरायो कागज
जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड
सहकारी क्षेत्रका समस्या र समाधानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, लुम्बिनी घोषणापत्र जारी गरिने
दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पुलिसले लुम्बिनीलाई १५८ रनले हरायो
पुलछेउ सेल्फी खिच्ने क्रममा नेपालगञ्जका दुई युवा भेरी नदीमा बेपत्ता
बालेनलाई गगनको चेतावनी- पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू
हवाई रुटदेखि २ खर्ब ४० अर्बसम्मको सहयोग बोकेर फर्किए प्रधानमन्त्री बालेन
छोरा खोजिदिन आग्रह गर्दा गाली गलौज गर्ने प्रहरी हबल्दारको जागिर चैट !
अब काठमाडौँबाट रक्सोल र केरुङ रेलमा सरर ! प्रधानमन्त्रीको भ्रमणसँगै खुल्यो रेल मार्गको ढोका
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
प्रतिक्रिया