०८ मंसिर २०८३
काठमाडौं- हवाई क्षेत्रमा क्रान्ति ल्याएर, अहिलेसम्मकै ठूलो आर्थिक सहयोग बोकेर प्रधानमन्त्री बालेन शाह २ दिने भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनको भ्रमणका क्रममा यति ऐतिहासिक र रणनीतिक महत्वको सहमती र सम्झौता भएको छ की जुन यसअघिका प्रधानमन्त्रीहरुले दशकौ देखि प्रयत्न गर्दा पनि हुन सकेका थिएनन् ।
प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटपछि द्विपक्षीय विकास साझेदारी, हवाई प्रवेश मार्ग, ऊर्जा, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा महत्वपूर्ण समझदारी भएको छ। भारत नेपाललाई भैरहवाबाट हवाई रुट दिन सहमत भएको छ भने नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण एकेडेमी स्थापना गर्न सघाउने भएको छ ।
पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कामलाई तीव्रता दिने सहमति भएको छ भने भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने भएको छ । जसमा ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग रहने भएको छ ।
प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको उच्चस्तरीय वार्तापछि सोमबार २४ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गरिएको छ। भ्रमणका क्रममा दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल’ को संयुक्त दृष्टिकोण अङ्गीकार गरेका छन् भने विभिन्न क्षेत्र समेटिएका ८ वटा समझदारीपत्र ९एमओयू० आदान प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ । बाँकी समाचार भिडियोमा
ईनम पत्नी कवितालाई प्रहरीले गरायो कागज
जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड
सहकारी क्षेत्रका समस्या र समाधानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, लुम्बिनी घोषणापत्र जारी गरिने
दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा पुलिसले लुम्बिनीलाई १५८ रनले हरायो
पुलछेउ सेल्फी खिच्ने क्रममा नेपालगञ्जका दुई युवा भेरी नदीमा बेपत्ता
बालेनलाई गगनको चेतावनी- पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू
हवाई रुटदेखि २ खर्ब ४० अर्बसम्मको सहयोग बोकेर फर्किए प्रधानमन्त्री बालेन
छोरा खोजिदिन आग्रह गर्दा गाली गलौज गर्ने प्रहरी हबल्दारको जागिर चैट !
अब काठमाडौँबाट रक्सोल र केरुङ रेलमा सरर ! प्रधानमन्त्रीको भ्रमणसँगै खुल्यो रेल मार्गको ढोका
निर्वाचनको निष्पक्षताको सुनिश्चितता सरकारले गर्नुपर्छ : गगन थापा
प्रतिक्रिया